काठमाडौं, चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा शुक्रबारदेखि निरन्तर खसेको पहिलो हटाउने काम सुरु गरिएको छ। शनिवार दिउँसो पहिलो खस्न केही कम भएपछि अहिले हटाउने काम भइरहेको हो।
ठूलो पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडकखण्डमा दुईतर्फी आवागमन अवरुद्ध छ। शुक्रवार रातिदेखि नै सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ इच्छाकामना गाउँपालिकाको तुइन खोला भन्ने स्थानमा माथिबाट ठूलो पहिरो खसेको हो।
ठूलो पहिरो खसेकाले शुक्रबार पन्छाउन सकिएको थिएन। राजमार्गको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ।