काठमाडौं, युवा नृत्य संघ नेपालद्वारा बाढी पहिरो पिडितहरुलाई खाद्यान्नलगायत विविध सामग्री सहयोग गरिएको छ।
असोज ११ र १२ गतेको निरन्तर बर्षाका कारण नेपालको विभिन्न ठाँउमा आएको बाढी र पहिरोका कारण जनधनको ठूलो क्षती पुग्न गयो।
सोही कारण घरबास गुमाउन पुगेका पीडितहरुलाई सहयोग पुर्याउने उदेश्यका साथ काठमाडौं उपत्यका भित्र र उपत्यका बाहिर रहेको युवा नृत्यकार एवं नृत्य निर्देशकहरुको आपतकालिन बैठकबाट दिवस गिरीको संयोजनमा आर्थिक संकलनको कार्य अगाडि बढाइएको थियो।
नृत्य क्षेत्रमा लामो समयदेखि कामगर्दै आएका नृत्यकार एवं नृत्य निर्देशकहरु मिलेर युवा नृत्य संघ नेपाल नामक समूह नै बनाएर सहयोग रकम संकलन अभियान सुरु गरिएको थियो।
युवा नृत्य संघ नेपालको चुडामणी फुयालको संयोजकत्वमा सदस्यहरुमा देवराज गुरुङ, राजु शेर्मा (झापा), रोशन गहतराज, अबि वाग्ले, पारस बास्ताकोटी, सुरज थापा मगर, दिलु सुनारलगायत ३ दर्जन भन्दा धेरै देश तथा बिदेशबाट युवा नृत्यकर्मी/नृत्य निर्देशक हरुले करिव ७४,५००/- बराबरको रकम संकलन गरि राहत वितरण गरेको संयोजक चुडामणि फुयालले बताए।
ललितपुर जिल्लाको कोन्ज्योसोम गाउँपालिका भित्रको नल्लु, बाररदेउ, चौघरे, दलचोकी, संखु र मानेखेलका बाढी पिढितहरुको लागि गत सोमवार युवा नृत्य संघ नेपालको आर्थिक संयोजक चुडामणी फुयालको रोहबरमा रोशन गहतराज र नारायणी थापासहितको समुहबाट प्रत्यक्ष सहभागी भएर पिडितलाई राहत वितरण गरिएको हो
युवा नृत्य संघ नेपालबाट उठेको कुल रकमको ७०,००/- र समाजसेवी माधव त्रिपाठीको संयोजकत्वमा गरि करिव १ लाख बराबरको खाध्यन्न सामग्री संघले बितरण गरिएको आर्थिक संयोजक चुडामणी फुयालले जानकारी दिए।
सोही ठाँउमा अन्य राहत सामग्री पनि लगिरहेको समुहले युवा नृत्य संघलाइ ढुवानी सेवा बापत १ वटा बोलेरो गाडीको नि:शुल्क व्यवस्था गरेको थियो। जसमा मनिस कोईराला, रञ्जित केसी, उमेश गुरुङ, मनोज कट्वाल, दामोदर भट्टराई (बद्री), सिंह विक्रम पाण्डे, अनुप गुरुङ, कृष्ण रिजाल, मनिष डंगोल, सचेन्द्र सिंह ठकुरीको समूहले सहयोग गरेको थियो।
करिव २५० घरधुरीलाई वितरण गरिएको राहत सामग्रीको ललितपुर जिल्लाका शुरेस लामा समन्वय र विभिन्न वडाका जन प्रतिनिधिको प्रत्यक्ष सहभागितामा राहत वितरण गरिएको थियो।
युवा नृत्य संघ नेपालमा सहयोग गर्नुहुने नृत्यकर्मी एवम नृत्य निर्देशकहरुको नाम तथा रकम
१) ईमु योङहाङ १०००
२) रोचक थापा २०००
३) रोहित बस्नेत ३०००
४)सुरज थापा १५००
५)सलिम खान १५००
६) बिक्रम गेलाल २०००
७) केशव कोईराला २५००
८) पारस बस्ताकोटी २०००
९) अमित प्रसाई २०००
१०) सरस्वती पोखरेल २५००
११) नारायणी थापा मगर २०००
१२) रोसन गहतराज ५५००
१३) नहिम अलि १०००
१४) राजु शेर्मा २०००
१५) दिवस गिरी ५०००
१६) प्रसान्त तामाङ २०००
१७) दिलु सुनार १५००
१८) देवराज गुरुङ २०००
१९) चुडामणि फुयाल २०००
२०) दिपेश माझी २०००
२१) छिरिङ लामा २०००
२२) सुरज थापा मगर ३०००
२३) किशोर थापा २०००
२४) मनी के राई २०००
२५) मनिश कटुवल १०००
२६) बाबू सेन्चुरी १०००
२७) निरु फुयाल १०००
२८) रञ्जना छाम्लुङ राई १५००
२९) मेलिना कार्की १०००
३०) प्रविन भुजेल १५००
३१) सुनिता गुरुङ मगर ५००
३२) अनसोनल गुरुङ ५००
३३) प्रभात श्रेष्ठ १०००
३४) अभि वाग्ले २०००
३५) नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला शाखा परिवार ५००५
३६) कृष लिम्बू १५००
३७) प्रनेश श्रेष्ठ १५००
३८) रविन नेपाली १५००