एनप्याबसन काठमाडौंको आयोजनामा जिल्लाव्यापी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

HTV Khabar ७ असार २०८२, शनिबार ०८:१४ मा प्रकाशित

काठमाडौं, नेसनल प्याब्सन काठमाडौं जिल्ला समितिको आयोजनामा तथा नेसनल प्याब्सन काठमाडौं महानगर समितिको संयोजन आयोजित ५औं  काठमाडौं जिल्लाव्यापी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।

असार ६ गते शुक्रवार युनिभर्सल सेकेण्डरी स्कुलमा आयोजित प्रतियोगितामा काठमाण्डौ जिल्ला अन्तर्गत २४ वटा विद्यालयका २४ टिम सहभागी भएका थिए।  जसमा साम्तेन मेमोरियल स्कुल बूढानीलकण्ठ प्रथम, दिब्य ज्ञान स्कुल काठमाडौं महानगर दोश्रो, बेद ब्यास स्कुल तेश्रो र युनिभर्सल सेकेण्डरी स्कुलले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन्।

नेसनल प्याब्सन काठमाडौं महानगर समिति संयोजक निलममणि भट्ट्रराईको सभापतित्व र क्विज मास्टर रन्जित गुप्ताले सन्चालन गरेको कार्यक्रममा विजयी विद्यार्थीहरुलाई ट्र्फि, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा नेसनल प्याब्सन केन्द्रीय समिति सदस्य विजय खरेल, नेसनल प्याब्सन काठमाडौं जिल्ला समिति अध्यक्ष होम बहादुर अधिकारी (मनोज), कोषाध्यक्ष विजय न्यौपाने, सह कोषाध्यक्ष हेमन्त श्रेष्ठ, सदस्य राम प्रसाद काफ्ले, सचीव राजन लम्साल, कार्यक्रम संयोजक अविनास यादव, बूढानीलकण्ठ नगर समिति उपाध्याक्ष सुस्मिता मैनाली, सचीव गोबिन्द धामी, सहसचिव नारायण चौलागाई तथा स्याट सचिव प्रसान्त दाहालको उपस्थिति रहेको थियो।