काठमाडौं, बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामा नियुक्त भएका छन्। प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।
नेपालको संविधानको धारा १६८(२) अनुसार लामा मुख्यमन्त्रीमा नियुक्त भएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ। लामालाई एमाले र कांग्रेसका ६४ सांसदको समर्थन रहेको छ।
लामा बागमती प्रदेशमा कांग्रेसबाट पहिलो पटक मुख्यमन्त्री भएका हुन्। लामाले आजै कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
प्रदेश प्रमुख शर्माले मंगलवार ५ बजे भित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आईतवार आह्वान गरेका थिए।
मुख्यमन्त्री लामाको शपथग्रहण बुधवार ११ बजे बिहान हुने जनाइएको छ।