काठमाडौं, गीता शर्मा चापागाईंको संयोजनमा आयोजित लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम नेपालको डिष्ट्रिक्ट कन्भेन्सन भव्य रूपमा सम्पन्न भएको छ।
उक्त चौथो कन्भेन्सनले लायन वर्ष २०२६/२७ को लागि डिष्ट्रिक्ट गभर्नरको नेतृत्व रत्नप्रसाद पराजुलीलाई सुम्पेको छ। त्यस्तै फर्स्ट भाईस्क डिष्ट्रिक्ट गभर्नरको जिम्मेवारी किशोर बराल र सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नरको जिम्मेवारी बलराम सुवेदीलाई सुम्पेको छ।
बत्तीसपुतलीस्थित अनुपम फूडल्याण्डमा करिब ७ सयजना लायन सदस्यहरुको उपस्थितिमा सम्पन्न महाधिवेशनमा नव निर्वाचित गभर्नर पराजुलीले क्याबिनेट सेक्रेटरीमा विकास भुर्तेल, क्याबिनेट ट्रेजररमा माधव पाण्डे र डिष्ट्रिक्ट चिफ एड्भाईजरमा शिवराज आचार्यलाई मनोनीत गरेका छन्।
पहिलोपटक महिला लायन सदस्यले संयोजन गरेको लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम नेपालको चौथो डिष्ट्रिक्ट कन्भेन्सन ऐतिहासिक रूपमा रेकर्ड राख्न सफल भएको छ।