लायन्स क्लब टि कपनका पूर्व अध्यक्ष सुरेन्द्र दियालीको जन्मोत्सव रिमा सेवा घरमा

सबिन पन्त 'पृथक' १९ जेठ २०८१, शनिबार ०५:४० मा प्रकाशित

काठमाडौं, लायन्स क्लब काठमाडौं टि कपनका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष सुरेन्द्र दियालीले आफ्नो ३८औं जन्मोत्सव रिमा सेवा घरका आमाबुबा संग मनाएका छन्। 

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ 'एम' नेपालका सेकेन्ड भिडिजी इलेक्ट रत्नप्रसाद पराजुलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लायन्स क्लब काठमाडौं टि कपनका संस्थापक अध्यक्ष तथा डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ सबिन पन्त 'पृथक', पूर्व अध्यक्ष संगीता पन्त, क्लबका सदस्यहरु रिमा सेवा घरकि सञ्चालिका रिमा सापकोटाको सहभागिता रहेको थियो। 

आफ्नी जन्मदिने आमा, ठुली आमा र जीवन सङ्गिनीको साथ रिमा सेवा घरमा पुगेका दियालीले त्यहीँ आश्रय लिई रहेका ६२ जना आमाबुबाहरुको साथमा केक काटेर आफ्नो जन्मदिन मनाएका हुन्। त्यहाँ आश्रीत आमाबुबाहरुको खानाको लागि दियालीले करिब १३ हजारको खाद्यान्न चामल, दाल, तेल, चाउचाउ र फ्रूटी प्रदान गरेका छन्। 

कार्यक्रममा बोल्दै रिमा सापकोटाले सुरेन्द्र  दियालीलाई जन्मोत्सवको अवसरमा सेवा घरमा आश्रय लिएर बसेका आमाबुबाहरुलाई खाना खुवाउन खाद्यान्न प्रदान गरेकोमा आभार व्यक्त गर्दै शुभकामना अर्पण गरेकी थिइन्। साथै सापकोटाले किन र कसरी आफूले रिमा सेवा घर स्थापना गरेर वास्तविक रुपमा दीनदु:खीहरुको सेवा गर्न थालेको बताइन्। उक्त सेवा कार्यमा आईपरेका समस्या र चुनौतीहरुको पनि उनले चर्चा गरेकी थिइन्। 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रत्नप्रसाद पराजुलीले लायन्स क्लब काठमाडौं टि कपनका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष सुरेन्द्र दियालीलाई शुभकामना दिएका थिए। पराजुलीले साच्चिकै समाजसेवा गर्न पवित्र मन हुनुपर्ने र त्यो पवित्र मनका धनी छोरा जन्माएकोमा दियालीको आमाको मुक्त कण्ठले प्रशंसा गरेका थिए। यसरी प्रशंसा गरिरहँदा दियालीकी जन्मदिने आमाको परेला आँसुले भिजेको प्रष्टै देखिन्थ्यो। 

बूढानीलकण्ठ नगरपालिका वडा नं.-१० का स्थायी वासिन्दा सुरेन्द्र दियालीले एक सच्चा समाजसेवी, युवा व्यवसायी, गीतकार तथा नायक मोडेलको रूपमा आफूलाई स्थापित गराएका छन्। उनको शब्द रचनामा "सम्हालेर राखेको छु" भन्ने गीती भिडियो भर्खरै मात्र दर्शक माझ बजारमा आएको छ। अदभूत कलाका धनी दियालीले यस भिडियोमा नायकको रूपमा अभिनय गरेका छन्।