आज प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्ड

HTV Khabar ३० असार २०८२, सोमबार ०७:२६ मा प्रकाशित

काठमाडौं,  आज सोमवार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन्।

प्रचण्डले  प्रतिनिधिसभामा सम्बोधन गर्ने दिन आफ्ना ३२ जना सांसदहरूलाई अनिवार्य उपस्थित हुन माओवादी केन्द्रले आह्वान गरेको छ।  

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले ‘असार ३० गते प्रमुख विपक्षी दल नेताको हैसियतले हाम्रो दल नेता तथा पार्टी अध्यक्ष प्रचण्डज्यूले प्रतिनिधि सभामा बोल्दै हुनुहुन्छ’ भन्ने सन्देश पार्टीका सांसदहरूलाई पठाएका हुन्।