गायत्रा बिसिको अध्यक्षतामा कपन जेसिज बर्ष २०२४ को नयाँ कार्यसमिति चयन

सबिन पन्त 'पृथक' १४ माघ २०८०, आइतबार ०८:२१ मा प्रकाशित

काठमाडौं,  जेसी गायत्रा बिसिको अध्यक्षतामा कपन जेसिज बर्ष २०२४ को सर्वसम्मत रूपमा नयाँ कार्यसमिति निर्वाचित भएको छ।


माघ १३ गते शनिवार सम्पन्न अधिवेशनले चयन गरेको नयाँ कार्यसमितिमा कार्यकारिणी उपाध्यक्षमा जेसि कविता वन, जेसि उतम खडका, महासचिव जेसि दिपक थापा, कोषध्यक्ष जेसि कान्छा लामा, उपाध्यक्षहरु जेसि श्रीवास्तव तिमिल्सिना, जेसि तेजेन्द्र थापा, जेसि शिवराज राम्जाली नेपाली र जेसि विजय न्यौपाने निर्वाचित भएका छन। उक्त समितीको कानुनी सल्लाहकारमा जेसि छितेन भोटे चयन भएका छन।


कपन जेसिजको अध्यक्ष जेसि विश्व बल्लभ नेपालको अध्यक्षतामा तथा नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ४ प्रदेश (ख) सभापति रामप्रसाद लुइँटेलको  प्रमुख आतिथ्यतामा कपन जेसिजको तेर्हौ बार्सिक साधारण सभा सम्पन्न भएको हो।


उक्त कार्यक्रममा पूर्व अध्यक्षहरु जेसि मनोज होमबहादुर अधिकारी, जेसि जे.बि. दिपक अधिकारी, मनोनयन समिती एवं निवर्तमान अध्यक्ष दिपक अधिकारी, प्रमुख निर्वाचन आयुक्त जेसि नवराज वन (नवीन) को उपस्थिति रहेको थियो।