नगरबासीलाई नि:शुल्क रगत उपलब्ध गराउन गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेज बीच सम्झौता भएको छ।
नगरपालिका भित्र स्थायी बसोबास गर्ने बासिन्दाहरु बिरामी भएर रगत आवश्यक परेमा नगरपालिकाल र नेपाल मेडिकल कलेज बीच भएको सम्झौता अनुसार नि:शुल्क रगत उपलब्ध गराउने निर्णय भएको हो।
उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख दिपक कुमार रिसालले ब्लड बैंक स्थापना गर्ने र नगरबासीलाई नि:शुल्क रगत उपलब्ध गराउने सपना रहेकोमा नेपाल मेडिकल कलेजले ब्लड बैंक स्थापना गरे संगै सहज भएको बताए। नगर बासीले रगत नपाउने चिन्ता गर्नु नपर्ने प्रकियाको लागि नगरपालिकाको कर्मचारी राखेर सेवा उपलब्ध गराउने बताउँदै त्यसको लागि नगरपालिका सम्म धाउन नपर्ने बताएका थिए।
गोकर्णेश्वर नगरपालिकामा रहेको नेपाल मेडिकल कलेजले ब्लड बैंक स्थापना गरे संगै मङ्गलवार नगरपालिका प्रमुख दिपक रिसाल, उपप्रमुख सान्नानी लामा, र सोहि वडाका वडा अध्यक्ष नन्दलाल श्रेष्ठको उपस्थितिमा ब्लड बैंक उद्घाटन गरिएको हो।
अब यस क्षेत्रमा रक्तदान कार्यक्रम भयो भने कार्यक्रम आयोजकले सोहि हस्पिटल संग समन्वय गरेर रक्तदान कार्यक्रम गर्न समेत अनुरोध गरेका छन्। सोहि दिन गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम समेत गरिएको थियो।