काठमाडौं, परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्साल सचिवमा बढुवा भएकी छन्। विहिवार मन्त्रिपरिषद् बैठकले लम्साललाई परराष्ट्र मन्त्रालयको सचिवमा बढुवा गरेको हो।
सचिवमा बढुवा भएसँगै लम्साल परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव भएकी छन्।यसअघिका परराष्ट्र सचिव भरतराज पौड्याल अवकाशमा गएपछि लम्साललाई सचिवमा बढुवा गरिएको हो।