काठमाडौं, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एल नेपालको दोस्रो महाधिवेशन सम्पन्न भएको छ। पोखरामा सम्पन्न महाधिवेशनबाट लायन वर्ष २०२४/२५ का डिष्ट्रिक्ट गभर्नरमा प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर सुमन भट्टलाई निर्वाचित गरेको छ।
त्यस्तै प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा एक नारायण शर्मा निर्वाचित भएका छन् भने द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा तारा भुसाल निर्वाचित भएकी छन्। द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पदको लागि तीनजना प्रतिस्पर्धामा रहेका थिए। जसमा आफ्ना प्रतिस्पर्धीहरु निर्मल श्रेष्ठ र मनकृष्ण श्रेष्ठलाई उछिन्दै तारा भुसाल निर्वाचित भएकी हुन्।
द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा नवनिर्वाचित भुसालले गभर्नरले लायन वर्ष २०२४/२५ का लागि ल्याउने समाज सेवाका कार्यक्रमलाई सफल बनाउन आफ्नो पूर्ण समय लगाउने बताइन्। उनले आफ्नो अमूल्य मत दिएर निर्वाचित गराउने सम्पूर्ण लायन सदस्यहरुमा कृतज्ञता ज्ञापन गरेकी छन्।