विद्यालय स्तरीय यु-१६ पुरुष रग्वी खेल प्रतियोगिता हुँदै

HTV Khabar ३० भाद्र २०८३, मङ्गलबार ०१:३० मा प्रकाशित

काठमाडौं, विद्यालय रग्वी आयोगको आयोजना तथा बुढानीलकण्ठ नगरपालिका वडा नं. १० को सहयोगमा अन्डर- १६ टि-१ पुरुष रग्वी खेल प्रतियोगिता हुँदैछ। 

बुढानीलकण्ठ नगरपालिका -१० स्थित ह्यान्डबल खेल मैदानमा असोज २ गते हुनलागेको प्रतियोगितामा बागमती प्रदेशभित्र सञ्चालन रहेका १७ वटा  सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुले प्रतिस्पर्धा गर्नेछन्। 

केही समय अघि अन्डर -१६ टि-१ महिला रग्वी खेल प्रतियोगितामा सम्पन्न भइसकेको छ।  खेलमा विजयी समूहलाई ट्रफी र मेडल प्रदान गरिने विद्यालय रग्वी आयोगका अध्यक्ष जे.बि. दीपक अधिकारीले आज भएको पत्रकार सम्मेलनमा जानकारी दिएका हुन्। 

विद्यार्थीहरुको शारीरिक तथा मानसिक विकासको निम्ति आयोजना हुने खेल प्रतियोगितालाई कपन जेसिज र इमाडोल जेसिजको पनि सहयोग रहेको छ भने प्राविधिक सहयोग भने नेपाल रग्वी संघले गरेको छ।