के शिक्षक मान्छे होइनन् मेशिन हुन्? - मनप्रसाद वाग्ले

HTV Khabar २६ वैशाख २०८३, आइतबार १०:०० मा प्रकाशित

काठमाडौं, शिक्षा मन्त्रालयका एकजना पाठ्यक्रम हाकिमको महावाणी सुनियो कि अब आइतवारे बिदाको क्षतिपूर्ति गर्न विद्यालयमा हिउँदे र वर्षे बिदा कटौती गर्ने तर्फ विचार हुँदैछ रे !

मेरो प्रश्न ?
१. शिक्षकलाई मात्रै निचोरेर गुणस्तरीय शिक्षाको सपना पूरा हुन्छ?
२. के शिक्षक रोबोट हुन्? उनका मानवीय सम्वेदना हुँदैनन्? 
३. के शिक्षकलाई स्थानीय सरकारले हेप्ने, प्रादेशिक सरकारले चिथोर्ने अनि संघीय सरकारले लदाउने मात्रै हो?
४. शिक्षकको रिस गर्नु अघि मन्त्रालयका कर्मचारीको पनि घर बिदा कटौती गरेर देखाउन सक्छौ? 
५. कि आइतबारको विकल्प प्रोजेक्ट वर्क र अरू क्रियाकलाप पनि हो? 
६. ‌लेटर ग्रेडिङ निर्देशिका २०८३  मन्त्रालयले बनाएको होइन? त्यसमा पाठ्यघन्टा गणना गर्ने विकल्प हाकिमसापले पनि एकपटक पढ्ने कि?
७. गुणस्तरीय शिक्षाको लागि हामी शिक्षकलाई कसरी उत्प्रेरित गर्ने सोच्ने कि कसरी पछार्ने भन्ने सोच्ने?

निचोड
शिक्षकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभएसम्म गुणस्तरीय शिक्षा सम्भव छैन न त शिक्षकको सहभागिता विना बन्ने नियम कामयावी नै हुन्छ।