कुवेतमा बागलुङ सेवा समाज स्थापना

सबिन पन्त 'पृथक' ७ श्रावण २०८१, सोमबार ०६:३५ मा प्रकाशित

काठमाडौं, कुवेतमा बागलुङ सेवा समाज कुवेत स्थापना भएको छ। बागलुङबाट वैदेशिक रोजगारीका लागि कुवेतमा रहेका युवाहरूको भेलाले उक्त समाज स्थापना गरेको हो।

दीपक कुमार नेपालीको संयोजकत्वमा तीन सदस्यीय तदर्थ समिति गठन गरिएको छ। जसमा गोकुल महत सचीव र रामु कार्की आर्थिक संयोजक रहेको घनश्याम थापा मगरले एचटिभी खबरलाई बताएका छन्। 

कुवेतमा रहेको बागलुङ्गेहरुको एकता र आर्थिक प्रोत्साहनको लागि बागलुङ सेवा समाज कुवेतको स्थापना गरिएको थापाले बताएका छन्। तीन महीनाभित्र बागलुङ जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर अधिवेशन सम्पन्न गर्ने लक्ष्य लिईएको पनि उनले बताए।

थापाले भने 'बागलुङ सेवा  समाज कुबेत  स्थापना भएको छ अब तीन महिना भित्र अधिबेशन गर्ने छौं। अधिवेशन लगत्तै हाम्रो संस्था बागलुङ जिल्ला सिडियो कार्यालयमा दर्ता हुनेछ र दर्ता लगत्तै दर्ता पेपर कुवेतमा रहेको नेपाली दूतावासलाई उपलब्ध गराउने छौं।'

अन्त्यमा उनले भने 'हाम्रो उदेश्य भनेको  बागलुङ एकता कुवेत हो।'