काठमाडौं, लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ 'एम' नेपालको तेस्रो क्याबिनेट बैठक काठमाडौं भव्यरुपमा सम्पन्न भएको छ।
लायन्स क्लब अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा काठमाडौं गाेंगबु स्थित बिजि ब्याङ्केटमा आज फागुन १२ गते शनिवार करिब पाँचसय जना लायन्स सदस्यहरुको उपस्थितिमा दोस्रो दिनको तेस्रो क्याबिनेट बैठक सम्पन्न भएको हो।
क्याबिनेट सेक्रेटरी बलराम सुवेदीले संचालन गरेको कार्यक्रममा विभिन्न अतिथिका साथै लायन्स सदस्यहरुको आसन ग्रहण पश्चात् राष्ट्रगानबाट शुरूवात गरि राष्ट्रिय झण्डाको अभिवादन र विश्व शान्तिका लागि मौन प्रार्थना गर्दै प्रमुख अतिथि बुर्लाकोटीले पानसमा दीप प्रज्ववलन गरेर उद्घाटन गरेका थिए। कार्यक्रममा उपस्थित सबै अतिथिहरुको मन्तव्यद्वारा डिष्ट्रिक्ट गभर्नर भिमलाल पौड्यालले गरेका थिए।
लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ 'एम' नेपालका गभर्नर भिमलाल पौड्यालको सभापतितब तथा लायन्स क्लब अफ काठमाडौं वेलकम सेन्चुरीका संस्थापक अध्यक्ष तथा जोन चेयरपर्सन देवेन्द्र सारुको संयोजनमा भएको क्याबिनेट बैठकमा दुइटा नयाँ क्लब लायन्स क्लब अफ काठमाडौं फूटवेयर र लायन्स क्लब अफ काठमाडौं पिपल्स टिमको उद्घाटन गरिएको छ। दुवै क्लबलाई लायन्स क्लब अफ गुल्मीले स्पन्सर गरेको हो।
प्रमुख अतिथि अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीको औपचारिक रूपमा परिचय सेकेन्ड भिडिजी धनिराम बरालले गराएका थिए।कार्यक्रममा बोल्दै बुर्लाकोटीले लायन्स क्लबको आवश्यकता र औचित्य माथी प्रकाश पार्दै सेवाभावले लायन्समा समर्पित सम्पूर्ण लायन्स सदस्यहरुलाई धन्यवाद दिएका थिए।
कार्यक्रममा लायन्स क्लबमा आवद्ध भएर विशेष योगदान पुर्याउने लायन्स सदस्यलाई सम्मान गरिएको थियो। कार्यक्रमको बीच बीचमा व्यक्ति र संस्थाहरुले प्रायोजन गरेको विभिन्न प्रकारका पुरस्कार गोलाप्रथाद्वारा प्रदान गर्दा माहोल रोमान्चक बनेको थियो।
बैठकमा डिष्ट्रिक्ट फर्स्ट लेडि जमुना पौड्याल, एलसीआईएफ एरिया लिडर राजन लम्साल, पिडिजी तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ 'सी' का गभर्नर हरि दाहाल, लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ 'एच' का गभर्नर शम्भुबहादुर थापा, आईपिडिजी महेन्द्र पौडेल, फर्स्ट भिडिजी चण्डीप्रसाद अर्याल, सेकेन्ड भिडिजी धनिराम बरालको सहभागिता रहेको थियो।
त्यस्तै पिएमसिसी गिरिधारी शर्मा, डिष्ट्रिक्ट चिफ एड्भाईजर रत्नप्रसाद पराजुली, डिष्ट्रिक्ट चिफ एड्मिनिस्ट्रेटर उदय नेपाल, चिफ एओजि हरिचन्द्र तिवारी, कोचिफ एड्भाईजर लीलामणि खरेल, डिष्ट्रिक्ट चिफहरु, डिष्ट्रिक्ट कन्सुलरहरु, एडिस्नल क्याबिनेट सेक्रेटरी, ट्रेजरर, डिपार्टमेन्ट चिफहरु, रिजन चेयरपर्सनहरु, जोन चेयरपर्सनहरु लगायत क्याबिनेट अफिसरको बाक्लो उपस्थिति रहेको थियो।
सबै क्याबिनेट बैठकमा हुनेगरेको लाईभ प्रसारण चाहिँ यो बैठकमा कमि भएको महसुस भएको थियो। बिहान ९:३० बजेदेखि करिब दिउँसो ४:०० बजेसम्म पनि कार्यक्रम स्थल भरिभराउ रहेको थियो।