प्रतिनिधिसभा बैठक बस्दै, शिक्षा विधेयक छलफलका लागि समितिमा पठाउन प्रस्ताव गरिने

HTV Khabar २५ अशोज २०८०, बिहीबार ०६:३७ मा प्रकाशित

काठमाडौं, संघीय संसद  अन्तर्गत  प्रतिनिधिसभाको  बैठक आज बस्दैछबैठक दिउँसो  बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ

आजको बैठकमा शिक्षा  विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक२०८० लाई दफावार छलफलका लागि  सम्बन्धित समितिमा पठाइयोसभनी प्रस्ताव गर्ने कार्यसूची रहेको 

प्रतिनिधिसभामा विचाराधीन विद्यालय शिक्षा विधेयक२०८० माथि सरकार  नेपाल शिक्षक महासङ्घसँग भएकासहमतिलाई सम्बोधन हुने  गरी सांसदबाट संशोधन पेस भएका छन्

यही असोज २१ गते सैद्धान्तिक छलफल सकिएर सदस्यलाई संशोधन दर्ताका लागि ७२ घन्टाका लागि दिएको  समयमा संयुक्त  एकलरूपमा एकसय ५० संशोधन दर्ता भएका छन् 

शिक्षाविज्ञान तथा प्रविधि मन्त्री राईले सांसदले उठाएका प्रश्नको जवाफसहित महासङ्घसँगका सहमतिका बुँदाअसोज २१ गतेको बैठकमा प्रस्तुत गरिसकेका छन्

आजको बैठक प्रतिनिधिसभा२०७९ को दोस्रो  अधिवेशन अन्तर्गत ६२औँ  बैठक हो।