आज दिल्ली जाँदै प्रचण्ड

HTV Khabar १९ पौष २०८२, आइतबार १२:५८ मा प्रकाशित

काठमाडौं, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदैछन्।

नेकपानिकट नेपाली समाज भारतको आयोजनामा हुने ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’मा सहभागी हुन उनी दिल्ली जान लागेका हुन्।

कार्यक्रममा प्रचण्डद्वारा नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसर, साथै एकता र सहकार्यको महत्त्वबारे समसामयिक सन्देश प्रदान गरिने बताइएको छ।

कार्यक्रम सोमवार दिउँसो १ बजे लाजपत भवन अडिटोरियम लाजपत नगर, नयाँदिल्लीमा हुनेछ।