नेपाल एयरलाइन्सले माथिल्लो दरमा अन्तर्राष्ट्रिय हवाई टिकट नबेच्ने

HTV Khabar ९ मंगशिर २०८१, आइतबार ०८:२२ मा प्रकाशित

काडमाडौं,  नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले इकोनोमी क्लासको माथिल्लो भाडा दरका टिकट नबच्ने घोषणा गरेको छ।

निगमले आईतवार विज्ञप्ति जारी गरी आफ्ना सबै अन्तर्राष्ट्रिय सेक्टरका उडानमा इकोनामी क्लातर्फ माथिल्लो भाडा दरका टिकट नबेच्ने घोषणा गरेको हो।

‘हामीले इकोनोमी क्लासमा माथिल्लो भाडा दरका टिकट नबेची त्यसभन्दा तलको भाडा दरमा मात्र टिकट बेच्ने निर्णय गरेका छौं,’ निगमका प्रवक्ता रमेश पौडेलले भने, ‘यसबाट यात्रुलाई सहज हुने विश्वास छ।’

निगमले उपलब्ध गराएको भाडा दरभन्दा बढी मुनाफा लिएर कालोबजारी गरेको पाइए नियमानुसार कडा कारबाही गर्न सप्रमाण जानकारी गराउन आग्रह गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २३ कात्तिकदेखि विभिन्न निर्माणका काम जारी रहेका कारण दैनिक १० घण्टा उडान बन्द हुँदै आएको छ। यही मौकामा हवाई टिकटमा ठगी र कालोबजारी भइरहेको गुनासो यात्रुबाट आएपछि सरकारले सबै अन्तर्राष्ट्रिय वायुसेवालाई हवाई भाडा पुनरालोकन गर्न आग्रह गर्दै आएको छ।