काठमाडौं, आज बिहान काठमाडौं महानगरपालिका वडा नं.२० भिमसेनस्थानको इलाछेँमा लागेको आगो नियन्त्रणमा आएको छ।
त्यहाँ रहेको घरको कपडा गोदामबाट आगो फैलिएको थियो। बिहान करिब ४ बजेदेखि आगो लाग्न सुरु भएको स्थानीयले बताएका छन्।
आगलागी करिब १०:४५ तिर नियन्त्रणमा आएको हो। ६ घण्टाभन्दा बढी समय आगो लाग्दा करिब तीनवटा घर र मन्दिरमा पनि क्षति पुगेको छ।
नेपाली सेनाको श्री रणभैरव गण र श्री शार्दुलजंग गुल्मसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, काठमाण्डौ महानगरपालिका तथा भक्तपुर नगरपालिकाको दमकल, जनप्रतिनिधि र स्थानीयहरुको सहयोगमा नियन्त्रणमा लिएको हो।