तीन महिनाभित्र आवश्यक मापदण्ड पूरा गर्नेगरि टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय

HTV Khabar ६ भाद्र २०८१, बिहीबार ०८:०८ मा प्रकाशित

काठमाडौं,  सरकारले टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ।स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले शर्तसहित टिकटक खुलाउने निर्णय गरेको हो।

स्रोतका अनुसार टिकटकले तीन महिनाभित्र आवश्यक मापदण्ड पूरा गर्नुपर्नेछ। तीन महिनाभित्र प्रक्रिया पूरा नगरे पुनः बन्द गर्ने शर्त राखिएको बताइएको छ।

टिकटक खुलाउने प्रस्ताव सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले लगेका थिए।टिकटकले सञ्चारमन्त्री गुरुङलाई सम्बोधन गरेर प्रतिबन्ध फुकुवा गरिदिन अनुरोध गर्दै पत्र लेखेको थियो।