कैलाली, बझाङको रायल प्राथमिक स्वास्थ्य चौकीको एम्बुलेन्स प्रहरीले धनगढीबाट चरेससहित नियन्त्रणमा लिएको छ। धनगढीको पुरानो यातायात कार्यालय नजिकबाट प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएको हो।
बझाङको केदारस्यु गाउँपालिका ३ दाप्रु बस्ने वर्ष ३७ का रामबहादुर खातीले चलाएको एम्बुलेन्स नियन्त्रणमा लिइएको हो। एम्बुलेन्सबाट दुई किलो आठ सय ग्राम चरेश बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चालकलाई जिल्ला प्रहरी कार्यालय लगेर अनुसन्धान शुरु गरिएको पनि प्रहरीले जनाएको छ।