भारतीय समकक्षी मोदीसँग कार्कीको २० मिनेट कुराकानी

HTV Khabar ३२ भाद्र २०८२, बिहीबार ०१:३१ मा प्रकाशित

काठमाडौं, प्रधानमन्त्री सुशीला कार्कीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुराकानी गरेकी छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री कार्कीले मोदीसँग टेलिफोन कुराकानी गरेकी थिइन्। 

उनीहरुबीच करिब २० मिनेट कुराकानी भएको प्रधानमन्त्री कार्यालयका अधिकारीले बताएका छन्। कुराकानीका क्रममा परराष्ट्र मन्त्रालयका अधिकारीको पनि उपस्थिति थियो। 

प्रधानमन्त्री भएपछि कार्कीको यो पहिलो विदेशी समकक्षीसँगको वार्ता हो। कुराकानीका क्रममा भारतीय समकक्षी मोदीले पछिल्लो समय उत्पन्न परिस्थितिमा शान्तिपूर्ण अवतरण सफल भएको भन्दै कार्की नेतृत्वको सरकारसँग मिलेर काम गर्न तयार रहेको बताए।

नेपालको लोकतान्त्रिक प्रक्रिया र पुनर्निर्माणमा भारतको निरन्तर सहयोग रहने मोदीले बचन दिए।