काठमाडौं, जोसेफ एडुकेशनल नेटवर्क अन्तर्गत रहेको जोसेफ माध्यमिक विद्यालय र ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलमा निर्वाचन सम्पन्न भएको छ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो क्याप्टेन र भाईस क्याप्टेन छान्नको लागि प्रजातान्त्रिक व्यवस्था अनुरुप उत्साहित हुँदै मतदान गरेको ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलका प्रिन्सिपल मनोज अधिकारीले बताए।
नेपालको संविधान २०७२ को मर्मअनुरुप नेपालमा प्रचलित लोकतान्त्रिक निर्वाचन प्रणालीद्वारा नेतृत्व चयन गर्ने विधि सम्बन्धि व्यवहारिक ज्ञान् दिने तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उदेश्यले यो निर्वाचन गरिएको जोसेफ एडुकेशनल नेटवर्कका अध्यक्ष सूर्यबहादुर अधिकारले एचटिभी खबरलाई जानकारी दिए।