काठमाडौं, लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रीक्ट ३२५ एल नेपालको चौथो वार्षिक महाधिवेशनले लायन वर्ष २०२६–२०२७ का लागि नयाँ नेतृत्व चयन गरेको छ।
महाधिवेशनबाट लायन तारा भुसाल डिष्ट्रीक्ट गभर्नरमा निर्वाचित भएकी छन् भने लायन तेज नारायण पराजुली प्रथम भाइस डिष्ट्रीक्ट गभर्नर र लायन मनकृष्ण श्रेष्ठ दोस्रो भाइस डिष्ट्रीक्ट गभर्नर पदमा विजयी भएका छन्।
नवनिर्वाचित नेतृत्वले सामाजिक सेवा, स्वास्थ्य, शिक्षा तथा वातावरण संरक्षणका क्षेत्रमा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै डिष्ट्रीक्टलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।
महाधिवेशनमा सहभागी सयौं लायन सदस्यहरूले एकताबद्ध भएर सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् भने नयाँ नेतृत्वप्रति हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।