काठमाडौं, फिल्म ‘लालीबजार’ प्रदर्शनको विरुद्धमा सर्वोच्च अदालत पुगेकी रोशनी नेपाली वादी पक्राउ परेकी छन्। सर्वोच्च अदालतको इजलासभित्र हुलहुज्जत गर्न खोजेपछि उनलाई पक्राउ गरिएको हो।
अदालतजस्तो संवेदनशील ठाउँमा वादी अभियन्ता रोशनीले हुलहुज्जत गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए।
बुधवार सर्वोच्चमा फिल्म ‘लालीबजार’को मुद्दामा सुनुवाइ भएको छ। उक्त सुनुवाइको क्रममा रोशनी नेपालीले हुलहुज्जत गर्न थालेपछि पक्राउ गरेको र आवश्यक अनुसन्धान गरेर मात्रै उनलाई थुनामुक्त गरिने पनि भट्टराईले बताए।