काठमाडौं, चलचित्र ‘प्रसाद- २’ का निर्देशक तथा कलाकार सुदर्शन थापा पक्राउ परेका छन्।
उनलाई काठमाडौंको कमलपोखरी क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले जानकारी दिए। आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जानकारी दियो।
आफूहरूको मन्जुरीविना चलचित्र ‘प्रसाद–२’लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको बस्नेतको आरोप छ। चलचित्र ‘प्रसाद २’को विवादमा निर्देशक थापाविरुद्ध २०८० असोजमै पक्राउ पुर्जी जारी भएको थियो।