दक्षिण कोरियाका पूर्वराष्ट्रपति यूनविरुद्ध पक्राउ पुर्जी जारी

HTV Khabar २६ असार २०८२, बिहीबार ०७:२३ मा प्रकाशित

काठमाडौं,  दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध डिसेम्बर ३ मा सैन्य कानुन (मार्सल ल) लागु गर्ने प्रयास गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ।

दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापका अनुसार विहिवार बिहान पक्राउ पुर्जी जारी गरिएको हो। यून बुधवार सियोलको एक अदालतमा अभियोजकले अनुरोध गरेको पक्राउ पुर्जीको समीक्षाका निम्ति सात घण्टा लामो सुनुवाइमा उपस्थित भएका थिए।

त्यसपछि अदालतको निर्णयको पर्खाइमा उनलाई हिरासत केन्द्रमा लगिएको थियो।
रूढिवादी यूनलाई दक्षिण कोरियाको संवैधानिक अदालतले गएको अप्रिलमा सैन्य कानुन लागु गर्ने प्रयास र अधिकारको दुरुपयोग गरेको आरोपमा राष्ट्रपति पदबाट हटाएको थियो।