सशस्त्रका एसपी प्रसाईमाथि विभागीय कारबाही, झापाको तालिम केन्द्रमा सरुवा

HTV Khabar ३३ असार २०८२, बुधवार ०९:२७ मा प्रकाशित

काठमाडौं,  सशस्त्र प्रहरी बलको नम्बर १५ गण, काभ्रेका प्रमुख एसपी प्रेम प्रसाईँमाथि विभागीय कारबाही गरिएको छ।

संगठनको नीति विपरीत अधिक जनशक्तिलाई बिदामा पठाएको, विपद्को बेला जनशक्ति परिचालनमा लापरवाही देखिएको र मातहतप्रति दुर्व्यवहार गरेको आरोपमा उनीमाथि अनुशासनात्मक कारबाही भएको हो।

स्रोतका अनुसार एसपी प्रसाईलाई चितवनस्थित गढीमाई बाहिनीले सोमवार नसियत दिएको छ। सरुवा भएर झापाको पाथीभरा जवान तालिम शिक्षालय जान लागेका प्रसाईँलाई चितवनस्थित गढीमाई बाहिनीले चार दिनअघि नै तानेको हो।

उक्त तालिम शिक्षालयमा प्रमुखको जिम्मेवारी एसएसपी तहका अधिकृतले सम्हाल्ने भएपनि उनलाई त्यहीँ पठाइएको छ। उता, काभ्रे गणको नेतृत्व अब एसपी माधव रेग्मीले सम्हाल्ने छन्।