फागुनमा ४०० भन्दा बढी खेलाडी सहभागि हुने ‘स्ट्रेन्थ लिफ्टिङ्ग’ प्रतियोगिता कपनमा हुँदै

सबिन पन्त 'पृथक' २७ माघ २०८०, शनिबार ०७:०४ मा प्रकाशित

काठमाडौं,  काठमाडौंको बूढानीलकण्ठ (कपन)मा देशव्यापी स्ट्रेन्थ लिफ्टिङ्ग प्रतियोगिता हुने भएको छ। स्ट्रेन्थ लिफ्टिङ्ग संघ, काठमाडौंले एक पत्रकार सम्मेलन गरी उक्त  प्रतियोगिता आगामी फागुन २५ र २६ गते आयोजना हुने जानकारी गराएको हो। 

स्ट्रेन्थ लिफ्टिङ्ग संघ काठमाडौंका अध्यक्ष सन्दीप केसीले  पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिताको उद्देश्य र महत्वबारे प्रकाश पारेका थिए। उनले प्रतियोगिताको उद्धेश्य  खेलाडीलाई अगाडि बढाउनु रहेको बताए।


केसीले नेपाल सरकारले खेलाडीहरुको हितका लागि केही गर्न नसकेको अबस्थामा आफूहरुले खेलाडीको हक हितमा प्रतियोगिता आयोजना गर्न लागेको बताएका थिए।


यसरी स्ट्रेन्थ लिफ्टिङ्ग प्रतियोगिताको गर्दा बढीभन्दा बढी राष्ट्रिय खेलाडी तयार हुने बताउँदै अध्यक्ष केसीले रप्रतियोगिताको अनुमानित लागत १५ लाख रहेको बताएका थिए।


अनुमानित लागतमध्येबाट १० लाख खेलाडीहरुलाई नगद पुरस्कार स्वरुप वितरणमा प्रयोग हुनेछ भने बाँकी रकम आयोजनाका अन्य खर्चमा लगानी गरिने बताइएको छ।  काठमाडौंभन्दा बाहिरबाट सहभागी हुने खेलाडीको लागि दुई दिनका लागि खाने, बस्ने व्यवस्थासमेत गरिएको छ।


जिमसँग सम्बन्धित स्ट्रेन्थ लिफ्टिङ्ग खेल प्रतियोगिता महिला, पुरुष गरी चार सयभन्दा बढी खेलाडीहरु सहभागी हुने स्ट्रेन्थ लिफ्टिङ्ग संघ काठमाडौंका सचिव मानबहादुर पहरीले बताए।


पत्रकार सम्मेलनमा अध्यक्ष केसी, सचिव पहारीसहित स्ट्रेन्थ लिफ्टिङ्ग अन्तर्राष्ट्रिय संघका सदस्य जीवन गिरी, स्ट्रेन्थ लिफ्टिङ्ग संघ काठमाडौंकी उपाध्यक्ष बन्दना थापा, खेलाडी केदारमान स्थापितलगायतको उपस्थिति रहेको थियो।