जाजरकोटमा फेरि भुकम्प
सबिन पन्त 'पृथक'
२० कार्तिक २०८०, सोमबार ०५:१३ मा प्रकाशित
काठमाडौं, जाजरकोटमा सोमवार अपराह्न ४ बजेर ३१ मिनेटमा पुनः भूकम्पको धक्का मापन गरिएको छ। जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएको ५.८ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ।
गएको शुक्रवार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।
आजको धक्का सोही भूकम्पको परकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले जानकारी दिए।
६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ।