एजेन्सी, संजय दत्त बलिउडका एक अनुभवी अभिनेता हुन्। सन १९८१ मा चलचित्र रकीबाट आफ्नो करियर सुरु गरेका यी अभिनेताले हालसम्म १८७ भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन्।
नायकदेखि खलनायकसम्मको भूमिका निर्वाह गरिरहेका यी अभिनेता बेला बेलामा व्यक्तिगत सम्बन्धका कारण विवादमा आउने गरेका छन्।
यसैबिच, सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएपछि यी अभिनेता अहिले निकै विवादमा छन्। उनलाई भारतका महिलावादीहरूले नारीलाई बस्तुको रूपमा नहेर्न र त्यसरी सम्बोधन नगर्न चेतावनी दिएका छन्।
अभिनेता संजय दत्तले आफ्नो ३०८ जना प्रेमिका भएको दाबी गरेको एउटा भिडियो अहिले भाइरल भएको छ। यही भिडियोका कारण यी अभिनेता अहिले विवादमा परेका छन्। जसका कारण उनको व्यापक टिप्पणी भइरहेको छ।
यस विषयमा अभिनेता संजय दत्तले आफ्नो पुरानो कमेडी भिडियो भएकाले त्यसलाई गम्भीर रूपमा नलिन आग्रह गरेका छन्। संजयको भनाइमा उनी हास्य कलाकार कपिल शर्माको कार्यक्रममा गएका थिए।
कपिल शर्माले संजय दत्तलाई ठट्टा गदै कति उमेरमा आफूले पहिलो प्रेमिका बनाएको भनेर जिज्ञासा राखेका थिए। संजयका अनुसार जवाफमा उनले भनेका थिए, ‘मेरो छिमेकी साथी थिइन्। धेरै सानै उमेरमा उनी मेरो पहिलो प्रेमिका बनेकी थिइन्।’ सोही कुराकानीमा अहिलेसम्म आफ्नो ३०८ जना प्रेमी भइसकेको संजयले बताएका थिए।