- गृहपृष्ठ
- सर्लाहीमा दुर्गा पूजाको मूर्ति सेलाउन जाने क्रममा झडप, दुई प्रहरी घाइते
सर्लाहीमा दुर्गा पूजाको मूर्ति सेलाउन जाने क्रममा झडप, दुई प्रहरी घाइते
HTV Khabar
१० कार्तिक २०८०, शुक्रबार ०६:५४ मा प्रकाशित
मलंगवा, सर्लाहीको सदरमुकाम मलंगवामा दुर्गा पूजाको मूर्ति सेलाउन जाने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ। झडपमा परेर दुईजना प्रहरी घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पजियार थारले जानकारी दिए। उनका अनुसार अवस्था नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास प्रहार गरेको छ।
मलंगवाको जिविस चोकमा गरिएको दुर्गा पूजाको मुर्ति सेलाउन लैजान प्रशासनले रुट निर्धारण गरेको थियो। विगतमा मुर्ति विर्सजनको क्रममा भएको विवादलाई मध्यनजर गर्दै प्रशासनले रुट निर्धारण गरेको थियो। तर स्थानीयले विगतकै मुस्लिम वस्ती हुँदै जाने रुटबाट लैजान खोजेपछि प्रहरीले रोकेको थियो।
त्यस क्रममा तनाव बढेपछि थप प्रहरी परिचालन गरी स्थानीय प्रशासनले तोकेकै रुटबाट लगेर विसर्जन गरिएको छ। डिएसपी पजियारका अनुसार अहिले अवस्था समान्य भएको छ। प्रहरीका अनुसार जिल्लामा ६५ बढी स्थानमा दुर्गा पूजा गरिएको थियो। अन्य ठाउँमा शान्तपूर्वक रुपमा मूर्ति विर्सजन भएको प्रहरीले जनाएको छ।