काठमाडौं, लायन्स क्लबस् अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ 'एम' नेपालको उद्धमशिलता वृद्धि गर्ने परियोजना अन्तर्गत योग प्रशिक्षक तालिम शुरु गरिएको छ।
"शिप सिकौं, उद्यमी बनौं" भन्ने मूल नारा सहित यो वर्षको मुख्य कार्यक्रम एक क्लव एक स्थायी परियोजना अन्तर्गत पोखरा महानगरपालिका र लायन्स क्लबस अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम नेपालको साझेदारीमा पहिलो चरणमा विभिन्न ७ वटा कार्यक्रहरु शुभारम्भ गरिएको छ।
प्रत्येक कार्यक्रम अन्तरगत २० जना गरी जम्मा १४० जना उद्यमी तयार गर्ने उदेश्य सहित आज पहिलो दिन योग प्रशिक्षक तालिमका लागि अन्तरवार्ताबाट छनौट हुन आएका २० जना प्रशिक्षार्थीहरुको तालिम कार्यक्रम शुभारम्भ भएको डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले एचटिभी खबरलाई बताएका छन्।
कार्यक्रममा पोखरा महानगरपालिकाका वडा अध्यक्ष रुद्रनाथ बराल, पोखरा उद्योग वाणिज्यसँघका अध्यक्ष गोकर्ण कार्की, योग प्रशिक्षक माधव क्षेत्री, सिग्नेचर प्रोजेक्ट एक्सपर्ट इ.शारदा मोहन काफ्लेका साथमा साझेदारी संस्था पोखरा महानगरपालिकाका व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारी डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालको उपस्थिति रहेको थियो।
