एसिया कप : नेपालले भारतलाई दियो २ सय ३१ रनको सम्मानजनक लक्ष्य

HTV Khabar १८ भाद्र २०८०, सोमबार ०८:११ मा प्रकाशित

एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारतसमक्ष २३१ रनको सम्मानजनक लक्ष्य प्रस्तुत गरेको छ।

श्रीलंकाको पाल्लेकेलमा जारी खेलको ४८ ओभर २ बलमा अल आउट हुँदै नेपालले २ सय ३० रन बनायो।

नेपालका लागि ओपनर ब्याटर आशिफ शेखले सर्वाधिक ५८ बनाए। त्यस्तै, सोमपाल कामीले ४८ रन बनाए। भारतका लागि रवीन्द्र जडेजा र मोहम्मद सिराजले समान ३ विकेट लिए।