सुनको भाउ घट्यो, चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार?

HTV Khabar ५ जेठ २०८०, शुक्रबार ०७:१८ मा प्रकाशित

नेपाली बजारमा सुनको भाउ आज तोलामा ५०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार २०० रुपैयाँमा झरेको छ।

यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। सुनको भाउ आज तेस्रो दिन निर‍न्तर ओरालो लागेको हो।

चाँदीको भाउ भने निरन्तर दुई दिनदेखि स्थिर रहेको छ । जसअनुसार प्रतितोला एक हजार ३७० रुपैयाँ कायम रहेको छ।