प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

HTV Khabar ४ अशोज २०८३, आइतबार ०३:३० मा प्रकाशित

काठमाडौं, प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा नेतृत्वको टोली चीन प्रस्थान गरेको छ।

‘चाइना ल सोसाइटी’को आयोजनामा ग्वान्झाउमा हुने चाइना फोरम अन इन्टरनेसनल लिगल कोअपरेसन कार्यक्रममा सहभागी हुन शर्मा नेतृत्वको टोली आज त्यसतर्फ प्रस्थान गरेको हो।

भ्रमण दलमा प्रधानन्यायाधीश शर्मासहित उनकी श्रीमती उमा शर्मा, सर्वोच्चका मुख्य रजिस्ट्रार विमल पौडेल र उपरजिस्ट्रार राजेन्द्र पौडेल सहभागी छन्।

शर्मा नेतृत्वको टोली असोज ८ गते स्वदेश फर्कने कार्यतालिका छ।