काठमाडौं, गृह मन्त्रालयले नेपाल प्रहरीका पाँच एसपीको एसएसपीमा बढुवा गरेको छ। कात्तिक २४ मा बढुवा सिफारिस भएकोमा त्यसउपर उजुरी नपरेपछि सोमबार गृह मन्त्रालयले बढुवाको निर्णय गरेको हो।
बढुवा हुनेहरूमा वसन्त रजौरे, रवि कुमार पौडेल, नबिनराज राई, बीरबहादुर ओली र चन्द्रवीर राई छन्। उनीहरुको पदस्थापनको निर्णय भने भइनसकेको गृह मन्त्रालय स्रोत बताउँछन्।
एसएसपीमा बढुवासँगै नेपाल प्रहरीमा अब एसपीका ७ पद रिक्त भएका छन्। जसमा १२ डिएसपीबीच चर्को प्रतिस्पर्धा छ।
डिएसपीहरू प्रदीप क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलीया, नारायण रंजितकार, निरञ्जनदत्त भट्ट, राजन लिम्बु, सन्तोष तामाङ, अनन्त शर्मा, एकनारायण कोइराला र विनोद घिमिरे बढुवाका दाबेदार हुन्।