बझाङमा भूकम्पको धक्का

HTV Khabar २५ अशोज २०८०, बिहीबार ०६:२६ मा प्रकाशित

काठमाडौं,  बझाङमा गएराति भूकम्प गएको छ। १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

असोज १६ गते बझाङ केन्द्र बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पले घर भत्काउँदा एक महिलाको मृत्यु भएको थियो।