काठमाडौं, नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बस्न लागेको हो।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।
बैठकमा नयाँ सरकार गठन र समसामयिक विषयमा छलफल हुने बताइएको छ। साथै ओली सरकारमा पठाउने मन्त्रीहरूबारे पनि आज निर्णय लिने पार्टीको तयारी रहेको बताइएको छ।