काठमाडौं, काठमाडौंबाट पोखरा जाँदै गरेको ईभी (विद्युतीय) माइक्रोबस धादिङमा दुर्घटनामा परेको छ।
दुर्घटनामा परेर १२ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनालाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
बा १३ च २९४१ नम्बरको गजुरी गाउँपालिका–६ आदमघाट नजिकै माइक्रोबस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।