काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई प्रहरीले पक्राउ गरेको छ।
पाँडेले ह्वाट्सएपसहितका विद्युतीय माध्यम प्रयोग गरी महिलालाई गालीगलौज गरेको उजुरी परेपछि बुधवार उनी आफैं प्रहरीसमक्ष स्पष्टीकरण दिन पुगेका थिए। तर प्रहरीको साइबर ब्यूरोले उनलाई कार्यालयमै नियन्त्रणमा लिएको हो।
साइबर ब्यूरोका अनुसार पाँडेविरुद्ध साइबर अपराध मुद्दा दर्ता गरी बिहीबार अदालतमा म्याद थपका लागि उपस्थित गराइने तयारी भइरहेको छ। यसअघि मंगलबार साइबर अपराधकै आरोपमा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर भने बुधवार केही घन्टामै हाजिरी जमानीमा रिहा भएका थिए।