काठमाडौं विश्वविद्यालय र काठमाडौं महानगरपालिकाको "टिचर कलेज प्रोग्राम" अन्तर्गत चारदिने प्रशिक्षणको भाइवा सम्पन्न

सबिन पन्त 'पृथक' २८ वैशाख २०८१, शुक्रबार ०७:१० मा प्रकाशित

काठमाडौं, काठमाडौं विश्वविद्यालय र काठमाडौं महानगरपालिकाको आयोजनामा चार दिने "टिचर कलेज प्रोग्राम" (गरिखाने शिक्षा, महानगरको इच्छा) अन्तर्गत सञ्चालन भएको  तालीमको भाइवा सम्पन्न भएको छ। 

डा.चेतनाथ पन्तको सहजीकरणमा काठमाडौं महानगरपालिकाक्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका शिक्षकहरुलाई दोस्रो चरणमा काठमाडौं - ६ बौद्ध महाङकल अवस्थित  जनकल्याण माध्यमिक विद्यालयको सभाकक्षमा वैशाख २ गतेदेखि शुरुभई ६ गतेसम्म सञ्चालन भएको थियो।

उक्त तालीमको भाइवा वैशाख २७ गते जनकल्याण माध्यमिक विद्यालयको पुस्तकालयमा सञ्चालन भइ समापन भएको हो। तालीममा सहभागी शिक्षकहरुले प्रशिक्षण अत्यन्तै लाभदायक भएको र आफ्नो विद्यालय कक्षाकोठामा प्रशिक्षणमा सिकेका शैक्षणिक सीप प्रयोग गर्न थालिएको बताए।