बूढानीलकण्ठका अरुण क्षेत्री बने वाईसिएल राष्ट्रिय उपाध्यक्ष

सबिन पन्त 'पृथक' २६ जेठ २०८२, सोमबार ०६:३० मा प्रकाशित

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी माओवादीको भातृसंगठन (YCL) योङ्ग कम्यूनिष्ट लिगको उपाध्यक्षमा अरुण क्षेत्री निर्वाचित भएका छन्।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जेष्ठ १८ गते देखि २१ गतेसम्म चलेको योङ्ग कम्यूनिष्ट लिग (YCL) को तेश्रो राष्ट्रिय सम्मेलनबाट बूढानीलकण्ठ - १० निवासी अरुण क्षेत्री राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएका हुन्।

उक्त सम्मेलनबाट पुष्प ओली अध्यक्ष र गणेश शाही महासचिव सहित ७५ सदस्यीय पदाधिकारी र ३५१ सदस्य रहेको केन्द्रीय कमिटी चयन गरिएको हो।

यसअघि केन्द्रीय सचिवको जिम्मेवारीमा रहेर कार्यगर्दै आएका क्षेत्री बूढानीलकण्ठ नगरपालिका वडा नं १० मा रहेको नमूना विद्यालय बाल उद्दार माविमा व्यवस्थापन समिती सदस्य रहेर कार्य सम्पन्न गरेका छन् भने स्थानीय विभिन्न संघ संस्थाहरुमा पनि क्रियाशील रहेका छन्।