उपत्यका ट्राफिक प्रहरी कार्यदक्षता मूल्यांकनमा उत्कृष्ट

HTV Khabar ३० अशोज २०८०, मङ्गलबार ०६:३५ मा प्रकाशित

काठमाडौं, ट्राफिक व्यवस्थापनमा उत्कृष्ट काम गरेको मुल्यांकनसहित उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पुरस्कृत गरिएको छ।

६८ औँ प्रहरी दिवसको अवसरमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक वसन्त कुँवरले उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिआईजी पोषराज पोखरेललाई पुरस्कार प्रदान गरेका हुन्। नेपाल प्रहरी अन्तर प्रदेश कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) मा ट्राफिक व्यवस्थापनमा उपत्यका ट्राफिक प्रहरी कार्यालय उत्कृष्ट ठहरिएको छ। कार्यदक्षता मुल्यांकनमा उत्कृष्ट ठहरिएका अन्य प्रहरी कार्यालयहरुलाई पनि पुरस्कृत गरिएको छ।

प्रदेश कार्यालयतर्फ नेपाल प्रदेश प्रहरी कार्यालय जनकपुर, तालिम केन्द्रतर्फ प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, गणतर्फ प्रदेश प्रहरी गण खजुरा बाँके, जिल्लातर्फ जिल्ला प्रहरी कार्यालय सुनसरी, र ईलाका तर्फ बुटवल उत्कृष्ट भएको छ। उत्कृष्ट युनिटका ईन्चार्जहरुलाई आईजीपी कुँवरले पुरस्कार र प्रसंसापत्र प्रदान गरेका छन्।