जनकल्याण मा.वि. महाँकालमा कम्प्युटर शिक्षक आवश्यकता

सबिन पन्त 'पृथक' २८ श्रावण २०८२, बुधवार ०४:४३ मा प्रकाशित

काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं.-६ बौद्ध, महाँकालस्थित उत्कृष्ट सामुदायिकविद्यालय  जनकल्याण माध्यमिक विद्यालय कम्प्युटर शिक्षक आवश्यकता रहेको छ। 

विद्यालयमा प्राविधिक धारतर्फ कक्षा ९ देखि १२ सम्म सञ्चालनका लागि कम्प्युटर इन्जिनियरिङ विषयमा माध्यमिक तह द्वितीय श्रेणी वा सो सरहको दरबन्दीमा १ जना आवश्यक रहेको विद्यालयका सहायक प्रधानाध्यापक सुरेश कटवालले एचटिभी खबरलाई जानकारी दिएका छन्। स्नातकोत्तर उत्तीर्ण गरि सम्बन्धित विषयमा दक्ष भएको हुनुपर्ने पनि कटवालले बताए।