काठमाडौं, नेपाली बजारमा सोमवार सुनको भाउले मंगलबार पनि नयाँ रेकर्ड कायम गरेको छ। सोमवार ५०० रुपैयाँले नयाँ रेकर्ड राखेको सुनको मूल्यले मंगलवार पनि ३०० रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्य कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यो यो हालसम्मकै उच्च मूल्य हो। मंगलवार तेजावी सुन प्रतितोला १ लाख १७ हजार १५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
यसअघि सोमवार ५०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। गत आईतवार छापावाला १ लाख १६ हजार ९०० रुपैयाँ र तेजावी सुन एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो। सोमबार १५ रुपैयाँले बढेर १ हजार ५०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलवार स्थिर छ।