काठमाडौं, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले भैरहवाबाट नियन्त्रण गरेर काठमाडौं ल्याएको छ। महरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो।
लुम्बिनीबाट पक्राउ परेका महरालाई यति एअरलाइन्सको विमानबाट काठमाडौं ल्याइएको थियो। महरालाई आजै बिहान रुपन्देहीबाट पक्राउ परेका थिए। काठमाडौं ल्याइएसँगै उनलाई सीआईबीमा लगिएको छ। महरालाई विमानस्थलबाट गाडीमा लाजिम्पाटस्थित सिआईबीको कार्यालयमा लगिएको हो।
भेप प्रकरणमा थप अनुसन्धानका लागी उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ। सुन तस्करी सम्बन्धी छानबिन आयोगले महरालाई पक्राउ गरेर मुद्दा अगाडि बढाउन सिफारिश गरेको थियो। आयोगको सिफारिशबमोजिम महरालाई पक्राउ गर्न गृहमन्त्री रवि लामिछानेले आइतवार प्रहरी प्रमुखलाई निर्देशन दिएका थिए।