काठमाडौं, उत्तरभेगिय शैक्षिकमञ्च (नेफ) ले विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गर्न विभिन्न अतिरिक्त कार्यक्रम गर्ने गरेकोमा नारीहरुको महान चाड तिजको उपलक्ष्यमा तेस्रो नेफ अन्तरविद्यालय तिज नृत्य प्रतियोगिता—२०८० सम्पन्न गरेकोछ। ।यस प्रकारका अतिरिक्त क्रियाकलापबाट विद्यार्थीहरुमा रहेको प्रतिभालाई उजागर गर्न र भाइचारा सम्बन्ध विस्तार गर्न काठमाडौ जिल्लाका उत्तरभेगमा संचालिन विद्यालय सहभागी रहेको छ।
केन्द्रिय प्याब्सनका उपाध्यक्ष थकिन कुमार गुरुङ्ग, काठमाडौ प्याब्सनका अध्यक्ष प्रेम कुमार राईको विशेष आथिथ्यतामा र नेफ का अध्यक्ष नारायण रोकाको सभापतित्वमा आयोजना गरिएको तिज नृत्य प्रतियोगिता नेफका सचिव टंक कुमार चापागाईं र सदस्य जयराम चापागाईंले कार्यक्रम संचालन गरेका थिए भने शुभकामना मन्तव्य सदस्य सुगन्ध रेग्मीले दिएका थिए।
नेफ तिज विशेष नृत्य प्रतियोगितामा काठमाडौका उत्तरभेगमा संचालिन ३५ विद्यालयहरुको सहभागी थियो। प्रथम, द्वितीय र तृतिय हुन सफल विद्यालयहरुलाई ट्रफी, सर्टिफिकेट र मेडलले साथै चौथोदेखि दशाैं हुन सफल विद्यालयलाई ट्रफी, सर्टिफिकेटले सम्मान गरिएको थियो।
प्रथम हुन सफल विद्यालय हिमालय बोडिङ्ग स्कूल बूढानीलकण्ठ नगरपालिका, दोस्रो हुन सफल गोल्डेन पिक मा.वि काठमाडौ महानगर पालिका, तेस्रो हुन सफल पारामाउण्ट एकेडेमी टोखा नगरपालिका, चौथो हुन सफल ग्रिल्याण्ड मा.वि टोखा नगरपालिका, पाचौं हुन सफल कौशल इङलिस बोडिङ्ग स्कूल तारकेश्वर नगरपालिका, छैटौं हुन सफल पृथ्वी मा.वि टोखा नगरपालिका, सातौं हुन सफल एन्जर्ल हर्ट मा.वि तारकेश्वर नगरपालिका, आठौं हुन सफल साउथ वेस्टर्न स्कूल टोखा नगरपालिका, नवौं हुन सफल फ्लोरिसेन्ट मा.वि टोखा नगरपालिका, दशौं हुन सफल ओडिसी इन्टरनेशनल एकेडेमी टोखा नगरपालिका रहेका थिए।
उक्त तिज नृत्य प्रतियोगिताको निर्णायक भुमिकामा श्री खर्ग बुढामगर (बरिष्ठ मादल वादक, गायक तथा नृत्य दिर्शेक), (केन्द्रिय अध्यक्ष, नृत्य निर्देशक संघ नेपालका केन्द्रिय अध्यक्ष भुवन श्रेष्ठ र केन्द्रिय उपाध्यक्ष भावना कार्की रहेका थिए। आफनो पक्षमा नतिजा हातपार्न सफल विद्यालय र विद्यार्थीहरुलाई टोखा नगरपालिकाका कार्यकारी प्रमुख शेर बहादुर वि.सी, काठमाडौ प्याब्सन अध्यक्ष प्रेम कुमार राई, साउथ वेस्टर्न कलेजका सहायक क्याम्पस चिफ हरिसिंह के.सी, टोखा वडा नं. ५ अध्यक्ष मदन गुरुङ्ग, राम के.सी, रामहरि अधिकारी, सरोज पाण्डे, मुकुन्द पाण्डे, डि.ए महतो साथै विभिन्न विद्यालयका प्रिन्सिपलहरुले पुरस्कार वितरण गरेका थिए।