राम कुमारी झाक्री अध्यक्ष बनेमात्र नेकपा एकीकृत समाजवादी बलियो हुन्छ - युवानेता विशाल काफ्ले

HTV Khabar १९ पौष २०८०, बिहीबार ०८:३३ मा प्रकाशित
काठमाडौं, अब महाधिवेशनमा रामकुमारी झाक्रीलाई अध्यक्ष बनाए मात्रै नेकपा समाजवादी पार्टी बलियो बन्नसक्ने समाजवादी युवासंघका केन्द्रिय सदस्य विशाल काफ्ले खत्रीले बताएका छन्। 


वि.सं.२०५६ सालमा दोलखाको जिरी नगरपालिकामा जन्मिएका  बिशाल काफ्ले खत्री सानै उमेरदेखी आफुलाई समाज परिवर्तन र देश परिवर्तनका खातिर आफुलाई राजनीतिमा जाग्ने प्रेरणा आफ्नो घर परिवार बाट सुरु गरेको बताउँछन्।


विद्यार्थी जीवनदेखि नै देश परिवर्तन गर्न तथा समाज माथि उठाउने उदेश्यले आफु माओवादी प्रति आस्था जागेर २०६९ सालमा अनेरास्ववियु (क्रान्तिकारी) दोलखा जिल्ला कमिटी सदस्यको रुपमा औपचारिक रूपमा राजनीति गर्न सुरु गरेका उनले माओवादी नेताहरुले देश र जनताको हितको भन्दा पनि आफ्नै स्वार्थमा लागेको देखेर राजनीति देखि वितृष्णा भई केहि समय आफु निस्क्रिय रहेको बताए।


उनले  राजनीतिलाई फोहोरी खेल भनि आफ्नो उमेरका धेरै प्रतिभावान नेपाली नागरिकहरु विदेश गएपनि युवाहरु राजनीतिमा सक्रिय भई देश र जनताको सेवा गर्न आफु नेपालमै बसी राजनीति गर्ने योजना रहेकाले देशमा रहेका ठुला पार्टीहरुको व्यक्तिवाद, नातावाद, कृपावादलाई परास्त गर्नुपर्ने बताए।


पार्टी नीति नियम र सामुहिकतामा जनताको आवाजको प्रतिनिधित्व गर्दै देश परिवर्तनको लागि स्थापित नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको विधान अनुसार चल्ने हेतुले आफु २०७८ सालदेखि बूढानीलकण्ठ नगर उपाध्यक्ष हुँदै नेकपा एसको काठमाडौं जिल्ला युवा संघ जिल्ला कमिटी सदस्य भएको बताए।


नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीमा रहेर छोटो समयमा काफ्लेले पुराउनु भएको योगदानलाई कदर गर्दै उनि  हाल नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको युवा संघ केन्द्रीय सदस्य रहेका छन।


चिया पसल देखि हरेक चोकमा खत्री आफ्नो पार्टीको अझ भनौं नेकपा एसको केन्द्रिय सचिव पूर्वमन्त्री युवानेतृ रामकुमारी झाक्रीको चर्चा अहिले खत्रीको दैनिकी नै बनेको छ। नेकपा एस अधिवेशनको मिति घोषणा भएदेखि अब परिवर्तन युवाले गर्नुपर्ने त्यसको लागि अब नेकपा एसको नेतृत्व रामकुमारी झाक्रीको विकल्प नरहेको खत्रीको भनाई छ।


२ जना पूर्वप्रधानमन्त्री रहेको पार्टी नेकपा एसमा अब अध्यक्ष कमरेड माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले युवा सक्षम महिला नेतृ रामकुमारी झाक्रीलाई पार्टी हस्तान्तरण नगरे बिद्रोहको औचित्य नरहने र पूरा कम्युनिष्ट आन्दोलन पनि धरापमा रहने खत्रीको भनाई छ।


अब पुराना नेताले अनुभव सल्लाह सुझाव दिदै दोस्रो पुस्ता रामकुमारी झाक्री, राजेन्द्र राई र धनश्याम भुसाललाई पार्टी नेतृत्वमा जिम्मा दिए नेकपा एस देशको पहिलो पार्टी बन्ने र युवाहरुलाई थप हौसला प्रदान हुने उनले बताएका छन्।