६ वटा राजनैतिक दल खारेज

HTV Khabar ८ पौष २०८२, बुधवार ११:१६ मा प्रकाशित

काठमाडौं,  निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ। आयोगले लगातार लेखा परीक्षण प्रतिवेदन नबुझाएको र त्यसबापत जरिवाना गर्दा पनि नबुझाएकाले मङ्गलवार खारेज गरेको हो।

लगातार लेखा परीक्षण नबुझाएबापत आयोगले जरिवाना गरेको थियो। जरिवाना नबुझाएकोले राजनीतिक दलसम्बन्धी ऐन, ०७३ बमोजिम खारेज गरिएको आयोगले जनाएको छ।

खारेज भएका दलमा आमआदमी पार्टी-नेपाल, नेपाल कम्युनिस्ट पार्टी-लोकतान्त्रिक, नेपाल राष्ट्रवादी पार्टी,  आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी-गौरवशाली र माओवादी जनमुक्ति पार्टी, नेपाल रहेका छन्